सम्झौता अनुसार काम नगर्ने दुई निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सडक डिभिजन सुर्खेतको सिफारिस

कर्णाली : खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको छ। सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु/मल्ल जेभी तथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सीखोला पुल निर्माणको जिम्मा लिएको सिरुवा/कबिर/सुनकोसी जेभी काठमाडौंसँग ठेक्का सम्झौता तोडेको हो। सडक डिभिजन…

सम्बन्धित सामग्री

पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेन्टी जफत

रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेण्टी जफत भएको छ । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको अन्तरिम आदेशको रिट खारेज भएसँगै सडक कार्यालय रौटहटले बैंक ग्यारेन्टी जफत गरेको हो । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाख रुपैयाँको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । १४ करोड ९३ लाख रुपैयाँमा ठेक्का सकारेको पप्पुले सम्झौताअनुसार काम नगरेको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सम्झौता अनुसार काम गर्न पटक पटक ताकेता गर्दै आएको थियो । पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्नेगरी २०७१ असार २९ मा सम्झौता गरेको थियो । तर पप्पुले निर्माण अलपत्र पारेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक पटक पत्र पठाएर काम थाल्न अनुरोध गर्दा पनि बेवास्ता गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए । निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको र लिखित तथा मौखिक ताकेता समेत बेवास्ता गरेकाले शर्तविपरीत गएको भन्दै सडक डिभिजन कार्यालयले जेठ १० गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि पप्पुले उच्च अदालत वीरगञ्जमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेको थियो । दायर गरेको रिटमा उच्च अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत् राख्न भन्दै अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशपश्चात् पनि केही कामदार लगाएर निर्माण कम्पनीले काम अगाडि बढाइरहेको थियो । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको सोही अन्तरिम आदेश मागको रिट खारेज भएसँगै बैंक ग्यारेन्टी जफत भएको हो । ठेक्का सकार गर्ने बेला राखेको बैंक ग्यारेन्टी जफत गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साहले बताए । उच्च अदालतले पप्पु कन्स्ट्रक्सनले दिएको रिट खारेज गरेसँगै अब नयाँ ठेक्काका लागि बाटो खुलेको कार्यालयले जानकारी दिएको छ । यसैबीच, पत्रकार सञ्जय सहनी  अलपत्र  लालबकैयाको पुल यथाशीघ्र निर्माणको माग गर्दै लागि आमरण अनशन बसेका छन् । पुल नबनेका कारण बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतनालगायत दर्जनौं गाउँका बासिन्दा हिउँदमा बाँसको लच्का बनाएर आवतजावत गर्न बाध्य छन् । यस्तै बर्खायाममा गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ ।

हुलाकीको सप्तरी–सर्लाही खण्डमा १७२ किमी कालोपत्र

जनकपुर । हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करीब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । सप्तरीको सदरमुकाम राजविराजदेखि सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किमी सडकमा कालोपत्र सकिएको बताएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करीब २३३ किलोमिटर सडकमध्ये हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको बताएको छ । जनकपुरधामस्थित कदम चोकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । यस्तै सप्तरी र सिरहाको सीमा छुट्ट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको छ । बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्र कालोपत्र सकिने प्रमुख महतोले बताए । सो सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिनेगरी काम तीव्र रूपमा भइरहेको बताएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेकदार कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिए । धनुषा र सिरहा खण्डमा निर्माणले गति लिए पनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम शुरू भएको छ । सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम शुरूमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो । करीब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिए । चालू आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद, कोभिड–१९ महामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको केही पछि धकेलिएको उनको भनाइ छ । यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहा– सर्लाही सडक खण्डमा निर्माणाधीन ९ ओटा पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामले बताएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब २१ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्र्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ । रासस

६ वर्षमा पनि बनेन हापुरखोलाको पुल

दाङ । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि अझैसम्म निर्माण पूरा हुन सकेको छैन ।      समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । २०७२ सालमा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरबाही र पुल बन्ने स्थानमा जग्गा विवादले पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । उनका अनुसार उक्त पुल निर्माणका लागि ६ वर्षअघि १३ करोडमा सूर्य कन्स्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिइएको थियो । सो कम्पनीले निर्माण बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी पनि सम्पर्कविहीन भएपछि निर्माण रोकिएको छ ।      कार्यालयबाट ठेकेदारलाई सम्र्पक गरी दुई हप्ताभित्र काम शुरू नगरे कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिइएको छ । प्रमुख जैसवालले जग्गाधनीले मुआब्जा खोजेकाले निर्माणमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए । तुलसीपुर उपमहानगरपालिका–१५ का सूर्य चौधरीले पुल नहुँदा वर्षात्को समयमा वारपार गर्न निकै कठिनाइ हुने गरेको गुनासो गरे । पुल निर्माण सम्पन्न भए तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौं स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्नेगरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामै छ । रासस

राजमार्ग भत्काएर ठेकेदार फरार

डोटीको शिखर नगरपालिका–८, गोपघाट तिलताली र वडा नम्बर १० बानेडुंग्रिसैन क्षेत्रमा राजमार्ग स्तरोन्नति गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्यअन्तर्गत चार करोड ६२ लाख ७४ हजार रुपियाँको ठेक्का अलपत्र पारेर निर्माण कम्पनी फरार भएको हो। २०७९ वैशाख ३० गतेभित्र काम पूरा गरिसक्ने गरेर सडक डिभिजन कुलपाते र आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि कैलालीबीच ठेक्का सम्झौता भएको थियो। कम्पनीले सम्झौता मितिभित्र काम नगरेपछि २०७९ वैशाख ३१ गते सडक डिभिजनले २०८० जेठ मसान्तसम्मका लागि म्याद थप ग-यो। म्याद थप भएको नौ महिना बित्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन। निर्माणका नाममा कम्पनीले उल्टै राजमार्ग भत्काएर फरार भएको स्थानीयको गुनासो

समयमा सडक निर्माण नसक्ने ठेकेदारलाई ५५ लाख हर्जाना

ठेक्का सम्झौता अनुसार सडक निर्माणको काम समयमा पूरा नगरेको निर्माण कम्पनी सन्तोषी निर्माण सेवालाई सडक डिभिजन कार्यालय