ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज विभागले ब्रिटिस गोर्खासरह बेलायतमा आवासीय सुविधा पाउनु पर्ने माग गरेको छ । बिगेसोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सिंगापुरका प्रहरीसरहको तलब सुविधा पाउनु पर्नेलगायत १६ बुँदे सार्वजनिक गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।