म्याग्दी : पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बगे तटीय क्षेत्रका दर्जनौं बस्ती जोखिममा पर्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताएका छन्। खोलाबारे थप सूचना लिने प्रयास भैरहेको उनको भनाइ छ।म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा खोला पहिरोले शनिवार ५ बजेदेखि थुनिएको हो। धवलागिरि गाउँ