प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले आफू बलियो भएको दाबी गरेको छ । आफू पहिलो पार्टी भएको दाबी गर्दै उसले प्रतिनिधिसभातर्फका दुवै र प्रदेशसभा तर्फका दुई सिट पाउनुपर्ने माग राखेको छ ।कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर प्रदेशसभाका दुई र र प्रतिनिधिसभाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी पाउनुपर्ने अडान राखेका हुन् । ०४८ मा दुईवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको, ०५१, ०५६ र ०६४ सालमा समे