संघीय सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत गोरखाका दुईवटा सडकखण्ड स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको छ । यस कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका–५ दर्बुङफाँटदेखि लाँकुरीबोट हुँदै दलभञ्ज्याङसम्मको सडक छनोट गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ को घ्याम्पेसाल, ताकुकोट, हुँडीखोला, सौरपानी, रञ्चोक, पोखरी हुँदै वारपाकसम्मको सडक पनि छनोटमा परेको छ […]