दाङ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले जनताले आधारभूत स्वास्थ्य सेवा अहिलेसम्म पाउन नसकेको स्वीकार गरेका छन्। आइतबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा ३ वटै सरकारले दिन नसकेको बताएका हुन्। नेपालको संविधानमा जनताले आधारभूत स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार भएपनि त्यसो नभएको उनी स्वीकार गर्छन्। जनताको नैसर्गिक अधिकार तीनै तहका संघीय, प्रदेश र स्थानीय तह सरकारले पूरा गर्न