कैलाली । बझाङमा मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभरा र खप्तडछान्ना गाउँपालिकाका सबै वडाको मतगणना सकिएको छ भने थलरा गाउँपालिकाको ९ नम्बर वडा पनि गणना गरिएको छ । छबिसपाथिभरामा ७ र खप्तड छान्नामा ७ वडा रहेका छन् । अहिले सम्म १५ वडाको मत परिणाम अनुसार एमालेको अग्रता कायमै छ । एमाले उम्मेदवार दमन भण्डारीले ३ […]
१, नेपाल राष्ट्रबैङ्कको गभर्नरको पदावधि कति वर्षको हुन्छ ? (क) तीन वर्ष (ख) चार वर्ष (ग) पाँच वर्ष (घ) छ वर्ष२, चन्दनाथ बाबाको तपोभूमि भनेर चिनिने स्थानको नाम के हो ? (क) जुम्ला (ख) खप्तड (ग) शिवपुरी (घ) रिडी ३, सुँगुरको पोथीलाई के भनिन्छ ? (क) पोथी (ख) भुनी (ग) बुच्ची (घ) भुन्टी ४, नेपालमा जनगणना गर्ने कामको सुरुवात कहिलेदेखि भएको हो ?(क) वि.सं. १९६५ साल (ख) वि. सं. १९६६ साल (ग) विं सं. १९६७ साल (घ) वि. सं. १९६८ साल ५, नेपालमा कतिकति वर्षमा जनगणन
काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण […]
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुडाबाउलाको दलित बस्तीका दर्जनौँ घरपरिवारको उठीबास भएको छ । गत बुधबार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि पुडाबाउलाको दलित बस्तीका दर्जनौँ परिवारको उठीबास भएको खप्तड छेडेदह गाउँपालिका–३ का प्रेम सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको बेलामा फेरि पहिरोले ठूलो रूप लिने हो कि भन्ने डरले यहाँका दर्जनौँ परिवारले घर छोडेर आफन्तकहाँ बस्ने गरेका छन् ।” पुडाबाउला बस्ती निकै भिरालो ठाउँमा भएकाले कति बेला पूरै बस्ती नै पहिरोमा पुरिने हो कि भन्ने डरैडरमा रात काट्ने गरेको सुनारले बताउनुभयो । सोही वडाका वडाध्यक्ष बिर्खबहादुर रावतले गत असारको पहिलो हप्तादेखि भदौसम्म परे
सुदूरपश्चिम प्रदेशको एक मात्र खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकहरू आउने क्रममा वृद्धि भइरहेको छ । यहाँ रहेका विभिन्न हरिया फाँटहरू, हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरूको रोजाईमा यो निकुन्ज केन्द्रविन्दु बन्दै गएको छ ।
प्रदेश सरकार तथा यहाँका व...
सुदूरपश्चिम प्रदेशको एक मात्र खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकहरू आउने क्रममा वृद्धि भइरहेको छ । यहाँ रहेका विभिन्न हरिया फाँटहरू, हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरूको रोजाईमा यो निकुन्ज केन्द्रविन्दु बन्दै गएको छ ।
प्रदेश सरकार तथा यहाँका व...
इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
चैत १८, काठमाडौं । खप्तड र बडिमालिका प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छन् ।
समुद्र सतहबाट ३ हजार मिटर उचाइमा खप्तड क्षेत्र छ भने, ४ हजार मिटरभन्दा धेरै उचाइमा बडिमालिका छ । यी क्षेत्रमा पुग्ने जोकोहीले छुट्टै संसारमा पुगेको अनुभूति गर्छन् ।
भदौमा हरियाली देखिने यी क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकिन्छन् । जेठदेखि असारसम्म भने विशाल फाँटहरू रंगीचंगी फूलले ढाकिएका हुन्छन् ।
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू छन् । बडिमालिका मन्दिरको यात्रा भने बाटोमा केही ससाना मन्दिर र झर्नाले सजिएको छ । बडिमालिकाको दर्शन गरे मनोकाममना पुरा हुने आम जनविश्वास छ ।
काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि खप्तडको लागि धनगढीदेखि डोटीको सिलगढीसम्म पनि ८ घण्टाको बसयात्रा गर्नुपर्छ । बडीमालिकाको लागि भने धनगढीबाट बाजुराको यात्रा गर्नुपर्छ ।
अहिले सुदूरपश्चिममा नयाँ नयाँ पर्यटकिय गन्तव्य खोजीरहेको एम्बर टूर, ट्राभल्स एण्ड ट्रेकिङ प्रालीले खप्तडको लागि न्युनतम १६ हजार र बडिमालिकाको लागि न्युनतम २५ हजार रुपैयाँका प्याकेज सार्वजनिक गरेको छ ।
सबै तस्वीरहरू : भरत जोशी/ एम्बर ट्राभल्स
२४ माघ, काठमाडौं । आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ? जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन पुग्छ […]