पहिरोका कारण बिचल्ली

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुडाबाउलाको दलित बस्तीका दर्जनौँ घरपरिवारको उठीबास भएको छ । गत बुधबार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि पुडाबाउलाको दलित बस्तीका दर्जनौँ परिवारको उठीबास भएको खप्तड छेडेदह गाउँपालिका–३ का प्रेम सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको बेलामा फेरि पहिरोले ठूलो रूप लिने हो कि भन्ने डरले यहाँका दर्जनौँ परिवारले घर छोडेर आफन्तकहाँ बस्ने गरेका छन् ।” पुडाबाउला बस्ती निकै भिरालो ठाउँमा भएकाले कति बेला पूरै बस्ती नै पहिरोमा पुरिने हो कि भन्ने डरैडरमा रात काट्ने गरेको सुनारले बताउनुभयो । सोही वडाका वडाध्यक्ष बिर्खबहादुर रावतले गत असारको पहिलो हप्तादेखि भदौसम्म परे

सम्बन्धित सामग्री

बडिगाड पहिरोः विस्थापित ५० परिवारको बिचल्ली

बाढी पहिरोका कारण बागलुङ बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण […]

बडिगाड पहिरो : ५० परिवार विस्थापित

ढोरपाटन । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । […]

पैँसट्ठी परिवारको बिचल्ली

अविरल वर्षाका कारण साउनको दोस्रो साता गौरीशङ्कर गाउँपालिका–७ र ८ मा गएको पहिरोका कारण ६५ घरपरिवारको बिचल्ली भएको छ । सल्ले

चिसो बढेसंगै मुगुका पहिरो पीडितको बिचल्ली

सुर्खेत– गत असोज २४ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्ला पहिरोको कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । बाढी पहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाइले नागरिकको जनजिवन कष्टपूर्ण बितेको छ । अविरल वर्षापछिको बाढी पहिरोले […]

कैलालीकाे चुरेका पहिरो पीडितको बिचल्ली

काठमाडौं : कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन्।दुई वर्षअघि गएको पहिरोबाट पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन्। पहिरोबाट प्रभावित नागरिकले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।वैज्ञानिक मापदण्डविपरीत वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ। पहिरोको कारणले गाउँ नै विस्थापित भइरहेका छन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गावै विस्

चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्षअघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।वैज्ञानिक मापदण्ड विपरित वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोका कारणले गाउँ नै विस्थापित भइरहेका छन् । चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउँ नै विस्था

बेनी–जोमसोम सडक अवरुद्ध तीर्थयात्री र पर्यटकको बिचल्ली

मुस्ताङ – बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ ।  सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो ।  दर्जनाैँ ठाउँमा पहिरा जानुका सा...

मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन – पहिरोका कारण दिनभर बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । मंगलबार बिहानै चारकिलो र कालीखोला नजिकै गएको पहिरोका कारण सडक अवरद्ध भएका कारण यात्रुको बिचल्ली भएको थियो । केहीबेरअघि बाटो खुले पनि चापले गाडी ओहोरदोहोर गर्न समस्या भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । नागढुंगाका सई हरि भट्टरा...

बाढीका कारण सियरालियोनमा पाँच हजार बालबालिकाको बिचल्ली :: Pahilopost.com

सियरालियोनः सियरा लियोनमा अगस्ट महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार बालबालिकाको बिचल्ली भएको छ।  उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन्। बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर राखिएको छ।  राजधानी फ्रिटन नजिकै आएको बाढी पहिरोका कारण हजारौँ