सात वर्षअघि काठमाडौंको शंखरापुरमा निर्माणाधीन ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’को अनियमितता मुद्दा अझै किनारा लागेको छैन । ग्राम निर्माण गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘संकल्प नेपाल संस्था’ लाई ०७०/७१ र ०७१/७२ मा ६ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।