एजेन्सी, २ असोज। अफगानिस्तानमा नवगठित तालिवान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो । तालिवानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ । […]