काठमाण्डाै – अफगानिस्तानमा तालिबानले महिला मन्त्रालय हटाएर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय स्थापना गरेको छ ।
तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ । सदाचार र दुष्कर्म मन्त्रालयले सन् १९९० को दशकताका तालिबान शासन अवधिमा कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्धहरू लगाएको थियो ।
त्यति बेलाको जस्तै व्यवहार भोग्नुपर्ने महिलाहरूको चिन्ताका बीच तालिबानले उही नामको मन्त्रालय स्थापना गरेको हो । महिला कर्मचारी कार्...