अफगानिस्तानमा शासन गरिरहेको तालिबानले मन्त्रीहरूको नयाँ सूची मंगलवार जारी गरेको छ ।
महिलाहरूलाई हकअधिकार दिने भने पनि नयाँ सूचीमा समेत तालिबानले महिलालाई स्थान दिएको छैन । महिला मन्त्रालय नै उसले हटाएको छ ।
त्यसो त देशमा बालिकाहरूलाई विद्यालयमा पढ्न जान दिने आश्वासन तालिबानले दिएको छ तर कहिलेसम्ममा त्यसो गर्ने भन्ने कुनै टुंगो छैन । मन्त्रिमण्डलमा महिला नराख्ने निर्णय देख्दा त बालिकालाई विद्यालय जान पनि तालिबानले देला जस्तो देखिँदैन ।
तालिबानका प्रवक्ता जबीउल्ला मुजाहिदले काबुलमा एक पत्रकार ...