काठमाण्डाै - भारतको मद्रास उच्च अदालतले कोरोना भाइरस फैलाउन जिम्मेवार भएको भन्दै निर्वाचन आयोगको चर्को आलोचना गरेको छ ।
देशमा कोरोना महामारी उच्च बिन्दुमा पुग्दा समेत पाँच वटा राज्यमा र्यालीसहितका चुनावी गतिविधि गर्न दिएको भन्दै उच्च अदालतले निर्वाचन आयोगको आलोचना गरेको हाे ।
कोरोना महामारीको बीचमा पनि ठूलाठूला र्याली हुँदा निर्वाचन आयोगका अधिकारी कुन ग्रहमा थिए भनेर मद्रास उच्च अदालतका न्यायाधीशले प्रश्न गरेको बीबीसीले जनाएको छ । मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले कोरोना फैलाउन निर्वाचन आयोग पूर्ण जि...