गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको भन्दै त्यस्ता कलेजहरूलाई कारबाही गर्ने बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा ध्यानाकर्षण गराउन पुगेका विद्यार्थी संगठनका नेताहरूसँग गृहमन्त्री खाँणले सरकारले नियमविपरीत र अतिरिक्त शुल्क लिने कलेजहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।