प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।
बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुव...