चैत ९ गतेदेखि सहिद रंगशालामा सुरु हुने छैटौं दिवा-रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि २० लाख कायम गरिएको छ । त्यसैगरी उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।
माेरङ- प्रदेश १ सरकारले उपाधिको राशि भुक्तान नगरिदिँदा बुढासुब्बा गोल्डकपको २२ औँ संस्करणका विजेता र उपविजेता टोलीलाई रकम दिन ढिलाइ भएको धरान फुटबल क्लबले जनाएको छ। आयोजक धरान फुटबल क्लबका अनुसार तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रतियोगिताका लागि १० लाख रुपैयाँ र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ दिने जनाएको थियो। क्लबका अध्यक्ष किशोर […]
अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ्ग कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ । अर्नाले विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।प्रतियोगितामा भाग लिन इच्छुकहरुले आफूले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउनु पर्नेछ । १० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने कम्पनीले
काठमाडौँ, (नेस) । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले आयोजना गर्दै आइरहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण आगामी वैशाख २३ र २४ गते काठमाडौंमा हुने भएको छ । यसपटक प्रतियोगिताको विजेतालाई १० लाख रुपियाँ पुरस्कार प्रदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । यो पुरस्कार राशि गत संस्करणको […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको जानकारी गराए । यसअघिको संस्करणको विजेताले ५ लाख […]
खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अघिको संस्करणमा पुरस्कार राशि ५ लाख रहेको थियो ।२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको
वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरस्कारको राशि वृद्धि गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।
स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्याउन र दोस्रो पुरस्कार ५ लाख रुपैयाँबाट १० लाख रुपैयाँ पुर्याउन उपमहानगरपालिकाले सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
हेटौंडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्य...