चैत ९ गतेदेखि सहिद रंगशालामा सुरु हुने छैटौं दिवा-रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि २० लाख कायम गरिएको छ । त्यसैगरी उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।
काठमाडौँ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले एक सातामै करिब दुई करोड २० लाख रुपैयाँ कमाई गरेको छ । आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ‘डीआरएस गेमिङ’ले यो पुरस्कार राशि प्राप्त गरेको हो । ‘डीआरएस गेमिङ’ले अलस्टार्स चरणको खेलमा तेस्रो हुँदै ९० हजार अमेरिकी डलर अर्थात् करिब एक करोड १८ लाख रुपैयाँ […]
विश्व फुटबलको महाकुम्भ, विश्वकप भोलि अर्थात् आइतवारदेखि औपचारिक रूपमा शुरु हुँदै छ। विश्वकप शुरु हुनै लाग्दा फिफाले विश्वकपलाई सबैभन्दा ठूलो आम्दानीको स्रोतका रूपमा प्रयोग गर्छ।विश्वकपबाट फिफाले कति कमाउला त? यसको सहज जवाफ भनेको धेरै कमाउँछ। अर्थात् आयोजक कतारले भन्दा बढी फिफाले आम्दानी गर्नेछ।प्रतियोगितामा फिफाको सबैभन्दा बढी खर्च हुने भनेको पुरस्कार राशिमा हो। विश्वकपको कुल पुरस्कार राशि ४४ करोड डलर रहेको छ। तीमध्ये विश्वविजेता टिमले ४ करोड २० लाख डलर प्राप्त गर्नेछ।विश्वकपका लागि जति पनि टोली
असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा बृद्धि गरेर ७५ लाख पुर्याएको हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०÷२० लाख समेत उपलब्ध गराउने छ
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि गत वर्षको भन्दा बढाएको छ। अब विजेताले ७५ लाख, दोस्रो स्थानमा हुनेले ५० लाख र तेस्रो स्थानमा हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसअघि विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउँथ्यो। एन्फाले क्लबलाई लिगको तयारीका लागि सबै क्लबलाई २० लाख रुपैयाँ दिने भएको छ।