आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले शुरु गरे बेलायतमा रिले अनशन

पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र

सम्बन्धित सामग्री

सहकारीपीडितको प्रदर्शनले यातायात अस्तव्यस्त, के थियो सहमति ?

सङ्घीय, प्रदेश र स्थानीय तहमा दर्ता भएका विभिन्न सहकारी संस्थामा रहेको बचत रकम दुरुपयोगका सन्दर्भमा छानबिन र बचत फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने, राज्यले सहकारी संस्थाको आर्थिक अपचलन गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने, सहकारीका अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने र राज्यसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेर पीडितले प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घसहित २५० भन्दा धेरै सहकारीपीडितका सङ्घ संस्थाले १०१ दिनदेखि धर्ना र रिले अनशन गरिरहेका छन् । सहकारीपीडितले धर्ना सुरु भएको आइतबार १०१ दिन पुग्दा पनि राज्यले माग पूरा नगरेपछि प्रदर्शन गरेको बताएका छन् ।

माग पूरा नभएसम्म घर नफर्कने विद्यालय कर्मचारीको अडान, माइतीघरमा रिले अनशन

७ असार, काठमाडौं। निजामती कर्मचारीसरह तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीले माग पूरा नभएसम्म नफर्किने अडानका साथ माइतीघरमा रिले अनशन जारी राखेका छन्। जेठ २० गतेदेखि आन्दोलित विद्यालय कर्मचारीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। तर सरकारले वार्ता समिति गठन गरेपछि बन्दको कार्यक्रम भने फिर्ता लिएका थिए। त्यसपछि […]

मोरङ जिल्ला प्रशासनको गेटमा नागरिकताविहीन संघर्ष समितिको रिले अनशन सुरू

काठमाडौं, १५ बैशाख । विगत लामो समयदेखि नागरिकताको लागि संघर्ष गर्दै आएको नागरिकताविहीन संघर्ष समितिले आज मोरङ जिल्ला प्रशासन कार्यालयको गेटबाहिर रिले अनशन सुरु गरेको छ। समितिका तर्फबाट राष्ट्रिय अध्यक्ष ई.इन्द्रजीत साफीलगायत अमन बर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेल अनशनमा छन् । उनीहरुले आफूहरुको संघर्ष जारी रहेको र माग पूरा गर भन्ने प्लेटसमेत राखेका […]

३८ दिनपछि तोडियो रिले अनशन

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे

कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

प्रमुख सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । अनशनको पाँचौँ दिन सहमतिपछि अनशन तोडिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए । शनिबार साँझ माग पूरा भएपछि...

राजनीतिकाे रणभूमि बन्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्

देशभरका शिक्षकहरु रिले अनशनमा, नीतिगत र पेशागत माग पूरा गर्न दबाब

वीरगंज : नेपाल शिक्षक महासंघको राज्यव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार देशभरको शिक्षकहरुले रिले अनशन बसेका छन्। महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार बिहान ८ बजेदेखि अपरान्ह ४ बजे सम्म देशभर ७ वटा प्रदेशको समाजिक विकास अन्तर्गतको शिक्षा निर्देशनालय, ७७ वटा जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरु, ७७ जिल्लाको ७५३ वटा स्थानीय…

माग पूरा नगरेको भन्दै गोर्खालीहरूले बेलायतमा थाले रिले अनशन

साउन ७, लण्डन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् ।  गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा बुधवार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए ।  बुधवारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना अनशन बस्ने योजना रहेको राईले बताए । सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको बताए । गत महीना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली संघ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएको थियो । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन । नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पुर्‍याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताए । रासस

डा. केसीको माग पूरा गराउन चितवनमा रिले अनशन

डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै चितवनमा रिले अनशन सुरु गरिएको छ । सोलिडारिटी फर डा.केसी अलायन्सको अगुवाइमा बुधबारबाट अनशन सुरु भएको हो ।