स्ववियू निर्वाचनको माग राख्दै सुरु भएको अनशनप्रति त्रिविको वेवास्ता, सडक संघर्ष गर्न सुझाव

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा स्ववियू निर्वाचन तत्काल घोषणासहित पाँचबुँदे माग राख्दै रिले अनशन सुरु गरेको १८ दिन नाघेको छ । नेविसंघले उपकुलपतिको कार्यालयअगाडि रिले अनसन सुरु गरेको यतिका दिनसम्म त्रिवि प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन् । पटक पटकको वार्ता भएपनि माग पूरा हुन सकेको छैन् ।