सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्