काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा पेट्रोलियम पदार्थको मूल्य ११ पटक बढेको छ । यो अवधिमा एक लिटर पेट्रोलको मूल्य १९ रुपैयाँ वृद्धि भएको छ । मूल्य बढाएको बढाएकै गरे पनि आयल निगमले भने अझै घाटामै रहेको दाबी गर्दै आएको छ ।आम नागरिकले एक लिटर पेट्रोल खरिद गर्दा ५५ रुपैयाँ सरकारलाई कर तिर्नुपर्छ । पेट्रोलियम पदार्थ खरीदमा सर्वसाधारणलाई करको मारमा पारिएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् ।नेपाल आयल निगमले गत आर्थिक वर्षको असार २६ मा अन्तिम पटक पेट्रोलियम पदार्थको मूल्य न