पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो !

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज बुधवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर  वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य वृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५, डिजल/मट्टीतेलको मू...

सम्बन्धित सामग्री

पेट्रोल प्रतिलिटर १ सय ८० पुग्यो, ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढ्यो

काठमाण्डौ - नेपाल आयल निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।  निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १...

पेट्रोल लिटरको १ सय ५० रुपैयाँ पुग्यो, डिजल/मट्टीतेलमा पनि ५ रुपैयाँ बढ्यो !

काठमाण्डौ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।मूल्य बढेसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले खाना पकाउने एलप...

पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढ्यो

काठमाडौं । पेट्रोलीय पदार्थको स्वचालित मूल्य अनुसार बुधबार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको खुद्रा विक्री

पेट्रोलमा दुई,डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको…