सिन्धुली जिल्लामा पछिल्लो समय दुर्गम क्षेत्र धमाधम उज्यालोमा परिणत हुँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहले राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार गरी दुर्गम क्षेत्रमा उज्यालो पु-याउने कार्यलाई तीव्रता दिएका छन् । जिल्लामा अहिलेसम्म ४५ हजार चार सय घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको विद्युत् प्राधिकरण सिन्धुली शाखाले जनाएको छ ।