डोटीको दुर्गम क्षेत्रमा नेपाली सेनाद्वारा हेलीप्याड निर्माण

नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको दुर्गम क्षेत्र बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन् । विपद्मा परेका, जटिल अवस्थाका गर्भवती, सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने …