भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) बारे नेपाल बैंकर्स संघले पनि आफ्नो धारणा राखेको छ । पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो । भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार÷व्यवसाय गैरकानूनी रहेको सम्बन्धी बुधबार एक सूचना जारी गर्दै बैंकर्स संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले