नेपालगञ्ज – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संगठन सुदृढीकरणका लागि गाउँ–गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस, बाँके प्रशिक्षण शाखाले पालिकास्तरमा सञ्चालन गरिरहेको प्रशिक्षण कार्यक्रम अन्तर्गत आज खजुरा गाउँपालिकामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टीको विचारलाई तल्लो तहसम्म प्रभावकारी ढंगले सञ्चार गर्न आवश्यक रहेको बताए। […]