सिन्धुपाल्चोकमा पहिलोपल्ट दुई राजनीतिक दलले प्रतिनिधि/प्रदेशसभाको निर्वाचनमा महिलालाई उम्मेदवार बनाएको छ । यसअघि पञ्चायती व्यवस्थायता स्थानीय तहदेखि प्रतिनिधि र प्रदेशसभा चुनावमा कुनै राजनीतिक दलले पनि महिलालाई उम्मेदवार बनाएका थिएनन् । तर, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामै पहिलोपल्ट प्रत्यक्ष रुपमा प्रदेश र प्रतिनिधिसभा १ र २ मा महिलालाई उम्मेदवार बनाएका हुन् ।