२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताएका छन् । बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उनको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ […]