शेखर कोइराला समूहले आयोजना गरे चियापान, समानुपातिक सूचि सच्याउन कांग्रेस नेताहरु छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनईतर समूहले आज बिहीबार राजधानीमा चियापान कार्यक्रम गरेको छ । समानुपातिक सूचि सच्याउन संस्थापनलाई दबाव दिईरहेको नेता शेखर कोइराला पक्षले बत्तिसपुतलीस्थित एउटा फूडल्याण्डमा चियापान आयोजना गरेको हो । कार्यक्रममा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, नेता मिनेन्द्र रिजाललगायतको उपस्थिति रहेको छ । कार्यक्रममा औपचारिक भाषणको कार्यक्रम भने […]

सम्बन्धित सामग्री

सार्वभौम सत्ताका पक्षमा उभिएलान् नेताहरू यो चुनावमा?

खुल्लमखुला लेनदेनको राजनीतिले चुनावी प्रक्रियामा निर्वाचनपूर्वको राजनीतिक समीकरणको खाका कोर्न थालेको छ। कांग्रेसभित्र शेखर कोइराला समूह समानुपातिकमा ३५ प्रतिशतको हैसियत प्राप्त गर्न सफल भएपछि प्रत्यक्षतर्फ कमसेकम ४० प्रतिशत उम्मेदवार आफ्ना हुनुपर्ने अडानमा छ। नेपाली कांग्रेस सिद्धान्त, आदर्श र विकेन्द्रीकृत सांगठनिक चरित्रको पार्टी हैन र त्यहाँ निजी वफादारीका आधारमा नेताले टिकट वितरण गर्छन् भन्ने कुराको प्रमाण […]

वार कि पारको अवस्थामा शेखर समूह

नेपाली कांग्रेस पार्टी नेतृत्वको मनोमानीबिरुद्ध शेखर कोइराला समूह वार कि पारको स्थितिमा पुगेको छ । समानुपातिक निर्वाचनका लागि सूचीमा व्यापक असन्तुष्ट कोइराला समूह आन्दोलन गर्ने निर्णयमा पुगेको छ । सोमबार ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको …

विद्रोहको पूर्वतयारीका लागि शेखर कोइराला पक्षको अलग्गै भेला

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसभित्र टिकट बाँडफाँटलाई लिएर विवाद चुलिएको छ । समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाहरुमा उम्मेदवार छनोटलाई लिएर डा. शेखर कोइराला समूह असन्तुष्ट छ । अन्तिम उम्मेदवारी सार्वजनिक भएपछि काँग्रेसभित्रको असन्तुष्टि कुन दिशामा जाने हो भन्ने खुल्दै जाने नै छ । विश्वस्त स्रोतका अनुसार शेखर कोइरालालाई पार्टीका युवा नेताहरुले विद्रोहको दबाब […]

शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट बन्दै आएको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ ।  यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्दैछ ।  आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएको एक नेताले बताए । सभापति देउवाले […]

शेखर कोइराला पक्षधर आक्रामक बनेपछि काँग्रेस केन्द्रीय कार्यालयमा तनाव

काठमाडौं, २७ असार । नेपाली काँग्रेसभित्र विद्रोहको चेतावनी दिएको डा. शेखर कोइराला समूह आक्रामक रुपमा प्रस्तुत भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षधरले आक्रामक उपस्थिति देखायो । केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुभन्दा अगाडि शेखर पक्षधर कार्यकर्ताले नारावाजी गरेका छन् । उनीहरुले एकाधिकार गरेको आरोप लगाउँदै नारावाजी गरेका हुन् । भातृसंस्थामा कम्तिमा ४० […]

पदाधिकारी बैठकअघि शेखर कोइराला समूह छुट्टै छलफलमा, देउवा बैठकमा नजाने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूह छुट्टै छलफलमा बसेकोछ । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ । पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा बुझे ठीक नहुने चेतावनी दिँदै आएको कोइराला समूहले आगामी निर्वाचनमा ६०/४० को भागबण्डामा […]

देउवासँग ६०/४० को भागबण्डा माग्न शेखरलाई गगनको प्रस्ताव

काठमाडौं, २४ असार । नेपाली कांग्रेसभित्र भागबण्डाको राजनीति सुरु भएको छ । १४औं महाधिवेशनमा भागबण्डाको अन्त्यको लागि चर्को नारा लिएर नेतृत्वको लागि प्रतिष्पर्धामा उत्रिएको शेखर कोइराला समूह महाधिवेशन भएको ६ महिना बित्न नपाउँदै भागबण्डाको राजनीतिमा सक्रिय भएको छ । यो समूहका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच आज अब कसरी अघि बढ्ने भन्ने विषयमा […]

शेखर कोइराला समूहबाट धनुषा कांग्रेस सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा संस्थापन इतर समूह (शेखर कोइराला समूह) ले दिनेश प्रसाद प्रसैलालाई उम्मेदवार बनाउने भएको छ । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् । सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफूहरुले जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत […]