चेम्बर अफ कमर्स गल्याङको अध्यक्षमा अर्जुन रानाभाट चयन हुनुभएको छ । संस्थाको साधारण सभा तथा दोस्रो अधिवेशनले रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा गठन गरिएको हो ।
स्याङ्जा । स्याङ्जाकाे गल्याङ नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन पहल गरिएकाे छ । कृषि र पशुपालनका लागि गल्याङ नगरलाई अनुसन्धान तथा हबका रुपमा विकास गर्ने अभियानका साथ आफू लागि परेको गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो । कृषि र पशुपालनबाट नै मुलुक समृद्ध बन्ने भएकाले साेही नगरपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिक्तामा राखेर अगाडि […]
आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।...
स्याङ्जा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ सेतीवेणी सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको भित्री सडकखण्ड अन्तर्गत गल्याङ नगरपालिका–७ स्थिति ठुलापधेरा भन्ने ठाउँमा करिब २० मिटर सडक खसेको छ । सडक छेउको भाग चिरा परेर रहेकोले अझै पहिरो जानसक्ने स्थानीयले बताएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयलाई बजार आउनजान समेत कठिन […]
स्याङ्जा । स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा खोलिएको नयाँ ट्रयाक करिब २८ वर्षपछि कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म २८ वर्षपछि करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । दैनिक ठूलो संख्यामा ठूला तथा साना सवारीसाधन सञ्चालन […]
२ जेठ, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको यो पालिकामा कांग्रेसका गुरुप्रसाद भट्टराई ७६७ मतान्तरले निर्वाचित भएका हुन् । भट्टराईले ९ हजार ६२९ मत ल्याउँदा उनका प्रत्यासी एमालेका सूर्यप्रसाद गैरे ‘पारस’ले ८ हजार ९२२ मत प्राप्त गरे । भट्टराई कांग्रेस स्याङ्जाका […]
स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका गैरेको ८ हजार ९२२ मत आएको थियो । त्यसैगरी उपमेयरमा पनि कांग्रेसकै हेमा न्यौपाने […]
गल्याङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका गुरु प्रसाद भट्टराई नौ हजार ६२१ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले स्याङ्जाका अध्यक्ष समेत...
स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरतर्फ नेपाली कांग्रेस उम्मेदवार हेमा न्यौपानेले २५८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेबाट उम्मेदवारले १६८४ मत प्राप्त गरेका छन् । ११ वटा वडा […]
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो । अधिकारीले निधन भएका परिवारका सदस्यलाई नगरपालिकाले रोजागारीका लागि उच्च प्राथमिकता दिएको पनि जानकारी दिनुभयो । गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख ढालबहादुर […]