स्याङजाको वालिङमा एमाले, पुतलीबजार, भीरकोट, गल्याङ र चापाकोट नगरपालिकामा काँग्रेस अगाडि
स्याङजाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रतालाई कायमै राखेको छन्। गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीसँगको मतान्तर झण्डै १ हजार छ।...
गल्याङ, १३ असार । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । हाल भ्भिरकोट नगरपालिका, वालिङ नगरपालिका र चापाकोट नगरपालिका तथा फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकामा कक्षा १ देखि ८, पुतलीबजार नगरपालिकामा […]
४ मंसिर, पोखरा । स्याङ्जाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ । चापाकोट नगरपालिका-१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप नै भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो । यसैगरी गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई […]
स्याङ्जा २ कांग्रेसको पक्षमा गत स्थानीय तहको निर्वाचनमा ३६ हजार ८०६ मत खसेको थियो । एमालेले ३४ हजार ८०९, माओवादी केन्द्रले १ हजार ४४७, एकीकृत समाजवादी २३३ मत पाएका थिए । यस क्षेत्रमा वालिङ नगरपालिकाका ३ र ४ बाहेकका अरू १२ वटा वडा सहित गल्याङ र चापाकोट नगरपालिका, भिरकोट नगरपालिकाको ५ देखि ९ सम्मका वडा र कालिगण्डकी गाउँपालिका पर्दछ । वालिङ र कालीगण्डकीमा एमाले विजयी भएको छ । गल्याङ, भिरकोट, चापाकोटमा कांग्रेसले जितेको छ ।
पोखरा । सिद्धार्थ राजमार्ग सडकखण्डको भीरकोट नगरपालिका कटेपछि घरहरू गुलाबी देखिन्छन् । यी घरहरू १२८.४ं० वर्ग किलोमिटर क्षेत्रभित्र देख्न पाइन्छ । पूर्वमा बिरुवा र चापाकोट नगरपालिका, पश्चिममा पर्वतको सीमाना तथा गल्याङ नगरपालिका र दक्षिणमा पनि गल्याङसहित चापाकोटको केही भू–भागभित्र यही गुलाबी नगरपालिका छ ।
लगातार दोस्रोपटक उत्कृष्ट नगरपालिकाको उपमा पाएको यही...
स्याङ्जा - पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका सात वटा पालिकाले मङ्गलवार सार्वजनिक बिदा दिएका छन् ।
स्याङ्जाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर...
स्याङ्जा । स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँचओटा जोन निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । जिल्लामा हाल सुन्तला र कफी गरी दुई सुपरजोन, मसलाबाली, आँप लिची र भैंसी गरी तीन जोन निर्धारण गरी काम अगाडि बढाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए ।
प्रमुख लम्सालका अनुसार २०७३ सालको साउनदेखि पुतलीबजार नगरपालिकाका आठ वडा, भीरकोटका ६ वडा, अर्जुनचौपारीका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडा गरी १७ वडामा कूल एक हजार १०० हेक्टर क्षेत्रफलमा सुन्तला जोन निर्धारण गरी काम सुरु गरिएको थियो । सत्र वडामा मात्रै सीमित रहेको सुन्तला जोनलाई २०७५/७६ मा विस्तार गरी पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका १९ ओटा वडामा कुल एक हजार १५० हेक्टर क्षेत्रफल बनाइएको थियो ।
हाल सुन्तला सुपरजोनको कार्यक्षेत्र विस्तार गरी कम्तीमा दश हेक्टर क्लष्टरमा सुन्तलाखेती हुने स्याङ्जाका सबै वडालाई समेटेर कूल एक हजार ५८५ हेक्टर क्षेत्रफलमा विस्तार गरिएको कार्यालय प्रमुख लम्सालले जानकारी दिए । आव २०७६/७७ मा जिल्लाको गल्याङ नगरपालिकाका ११ वडालाई समेटेर मसलाबाली जोन निर्धारण गरिएको थियो । हाल कार्यक्षेत्र विस्तार गरी कम्तीमा १० हेक्टर क्लष्टरमा अदुवा तथा बेसारखेती हुने गल्याङ, वालिङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका सबै वडालाई समेटेर २४५ हेक्टर क्षेत्रफलमा मसलाबाली जोन सञ्चालन गरिएको कार्यालय प्रमुख लम्सालले बताए । आव २०७८/७९ मा चापाकोट नगरपालिकाका १० वडालाई समेटेर आँप/लिची जोन निर्धारण गरिएको छ । रासस
स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो । सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए । सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका […]
स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो । सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए । सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जि
काठमाडौं । स्याङ्जामा एकसाता निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।
जिल्लाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
तस्बिर : पत्रकार श्रीकृष्ण सिग्देलको फेसबुकबाट