जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको छ।नगरसभा सुरु भएपछि स्थानीयबासी आफ्ना माग सम्बोधन गराउन सयौंको संख्यामा प्लेकार्ड ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए।नगरसभाबाटै माग सम्बोधन हुनुपर्ने भन्दै स्थानीय चर्को नाराबाजी गर्दै सभास्थल घेराउ गरेपछि मेयर हरिनारायण महतो आक्राेसित बन्दा माहोल अशान्त बनेको हो।मेयरको व्यवहारले आक्रोशित स्थानीयले नगरसभाको लागि बनाइएको प्रवेशद्वार, टेन्ट तोडफोड गर्दै केहीबे