टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डको क्लिन स्विप

घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो बनाएको हो । इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । यस अघि पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई डीएल प...

सम्बन्धित सामग्री

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ को अर्धशतकी

केन्याविरुद्ध नेपालको क्लिन स्विप

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३-० ले जितेको हो । यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । […]

दक्षिण अफ्रिकाद्वारा आयरल्यान्डविरुद्धको सिरिज क्लिन स्विप

आयरल्यान्डविरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । शुक्रबार राति भएको खेलमा ४४ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज २–० ले जितेको हो ।इङ्ल्यान्डको ब्रेस्टोलमा दक्षिण अफ्रिकाले दिएको १८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभर ५ बलमा अलआउट भएर मात्र १३८ बनायो ।आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३४ बनाउँदा ब्यारी म्याक्कार्थीले ३२ रन बनाए । पउल स्टर्लिङले २८ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले ५ लिए । त्यस्तै डेनियल प्रिरियसले

इकवालले गरे टी–ट्वान्टी क्रिकेटबाट सन्यासको घोषणा

बंगलादेशका ब्याट्सम्यान तमिम इकवालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा ‘प्लेअर अफ दी सिरिज’ चुनिएका उनले टी–ट्वान्टीबाट सन्यास घोषणा गरेका हुन् ।इकवालले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट सन्यासको जानकारी दिए । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो । त्यस लगत्तै उनले सन्यास घोषणा गरे । इकवाल एकदिवसीय क्रिकेटको भने कप्तान रहेका छन् । ३३ वर्षीय इ

टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै

काठमाडौँ- जिम्बाब्वे र अफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् ।  दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप […]

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल र पीएनजी भिड्दैँ

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे हुनेछ । यसअघि भएको एक दिवशीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो ।  एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सि...

न्युजिल्याण्डलाई भारतको क्लिन स्विप

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ । घरेलु मैदान कोलकत्तामा आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डलाई भारतले ७३ रनले हराएको हो । भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले अविजित २१ रन, इशान किसनले २९, श्रेयस एयरले २५ तथा भेन्कातेस आयरले […]

नेपालको कतारमाथि सानदार जीत

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत हासिल गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा बनाएको हो । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै […]

कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ । कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो । नेपालले दिएको १६५ रनको […] The post कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ । तीन खेलको शृंखला नेपालले  यसअघि नै २-० ले  जितिसकेको छ ।  नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । आईसीसी महिला टी-ट्वा