नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारले तत्काल बाध्यकारी व्यवस्था सच्याउनुपर्ने माग राखेका हुन् ।सरकारले साउन १ गते भित्र बागमती र गण्डकी प्रदेशमा चल्ने २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको छ । थापाले यही उर्दी तत्काल सच्याउन र सर्वसाधारण नागरिकलाई सास्ती नहुने गरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने वातावरण मिलाउन सरकार समक्ष आग