काठमाण्डाै – यातायात व्यवस्था विभागले आउँदाे माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताउनुभयो । विभागले गएकाे मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उहाँका अनुसार विभिन्न ठाउँमा इम्बोस्ड नम्बर प्लेट भए/नभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । उहाँले भन्नुभयो, नयाँ र पुरानो सबैमा गर...