परिमाण तोकेर खुला भयो मरिच, केराउ, सुपारी र छोकडाको आयात

त्यस्तै, ५० हजार डलरमाथिका गाडीको आयात पनि खुला गरेको छ

सम्बन्धित सामग्री

सरकारले खोल्यो सुपारी, केराउ र मरिच आयात

९ असोज, काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ …

‘राजस्व चुहावटको चिन्तामात्रै गर्ने कि नीति पनि सुधार्ने ?’

वीरगञ्ज । सरकारले राजस्व घटेकोमा चिन्ता प्रकट गरिरहेका बेला सरकारी नीतिकै कारण राजस्व चुहावट भइरहेको व्यवसायीले बताएका छन् । कर प्रणालीमा सापेक्ष सुधारको अभाव र वैदेशिक व्यापारमा हचुवा नीतिले सीमाक्षेत्रमा अनधिकृत व्यापार मौलाएको उनीहरू बताउँछन् ।  अवैध आयातको प्रत्यक्ष असर भन्सारबाट उठ्ने राजस्वमा पर्ने र यस्तो व्यापारबाट आन्तरिक वैध व्यापार खुम्चिएर कर संकलन प्रभावित भइरहेको दाबी उनीहरूको छ । पछिल्लो समय भारतसित जोडिएका दक्षिणी सीमानाकाबाट दैनिक उपभोग्य वस्तुको अनधिकृत आयात ह्वात्तै बढेको छ ।  यस्तो अवैध आयात नियन्त्रणका लागि सरकारले राजस्व प्रणालीमै आमूल सुधार गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बताए । अहिले खुला भारतीय सिमानाबाट त्यस्ता वस्तुको अवैध आयात मौलाएको छ, जसमा सरकारले उच्चदरको भन्सार महशुल तोकिदिएको छ ।  सरकारले आयात नियन्त्रण कायमै राखेका वस्तुको पनि अवैध आयात तीव्र रूपमा भइरहेको स्विटमार्ट फूड इन्डस्ट्रिजका सञ्चालक निरञ्जन अग्रवाल बताउँछन् । उच्च भन्सार तोकिएका चिनी, काजु, किसमिसजस्ता वस्तु भन्सारबाट कमैमत्र भित्रिन्छन् । बजारमा यस्तो वस्तुको अभाव छैन । यी वस्तुमा ३० देखि ४५ प्रतिशतसम्म राजस्व तिर्नुपरेपछि कारोबारीले अवैध माध्यमबाट भित्त्याउने गरेका छन् । स्टीलका भाँडा सबैजसो अवैध रूपमा आयात हुन्छ । स्टीलका भाँडामा उच्च भन्सारकै कारण भन्सार नाका छलेर भित्त्याउने गरेका छन् ।  यस्ता वस्तु भन्सारबाट भित्रिने क्रम घट्दै गएको भन्सार अधिकारी बताउँछन् । दैनिक उपभोग्य चामल, दाल, तेल, आलु, प्याजदेखि बिस्कुट, जिरा, धनिया अवैध माध्यमबाटै आउने गरेका छन् ।  सरकारले चालू आर्थिक वर्षदेखि आलु र प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएपछि यसको वैध आयात करीब ठप्पजस्तै छ । केराउ, मरिच, सुपारी र छोकडा आयातमा नियन्त्रणको नीति कायमै छ । बजारमा यस्ता वस्तुको कमी छैन, मूल्य भने आकाशिएको व्यापारी बताउँछन् ।  कपडा तस्करी हुने मुख्य वस्तु हो । कपडाको तस्करीका कारण स्वदेशी उद्योगहरू समस्यामा परेको उद्योगी बताउँछन् । तस्करी भएर भित्रिने यस्ता वस्तु नियन्त्रणका निकायहरूकै मिलेमतोमा काठमाडौंसम्म पुर्‍याइने गरेको व्यापारीको आरोप छ ।  अवैध आयात नियन्त्रणका निकाय र उच्च पदस्थ राजनीतिकर्मीका लागि कमाउने उपाय बनेपछि नीतिगत सुधारमा ध्यान नदिइएको वीरगञ्ज भन्सारका एक अधिकारीको टिप्पणी छ । यसबाट वैध व्यापार चौपट हुँदै गएको गुनासो आम उद्यमीको छ ।  तर, सरकारले वैध व्यापारीको कुरा नसुनेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले गुनासो गरे ।  भारतले सन् २०१७ जुलाइदेखि कर प्रणालीमा आमूल सुधार गरेको छ । भारतले आमउपभोक्ताले खपत गर्ने अधिकांश दैनिक उपभोग्य वस्तुमा ५ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) लिन्छ । यसले त्यहाँ उपभोग्य वस्तुको मूल्य घटेको छ । भारतमा जीएसटी लागू भएयता नेपालमा अवैध आयात बढ्न थालेको हो । त्यहीबेला नेपालमा भने तहगत सरकारहरूले ‘कर आतंक’ नै चलाएको व्यापारी बताउँछन् ।  ‘हामीकहाँ उच्चदरको भन्सार र सबै वस्तुमा १३ प्रतिशतको समान भ्याट भएपछि दैनिक उपभोगका वस्तुको पनि मूल्य बढी पर्न गएको छ । यही मूल्य अन्तरकै कारण भारतबाट अवैध आयात बढेको हो । राजस्व घटेकोमा चिन्ता देखाउने सरकार करप्रणाली सुधार्न उदार नभएसम्म नियन्त्रण नहुने देखिएको छ,’ व्यवसायी निरञ्जन अग्रवालले भने । भन्सारमा लिइने कुल राजस्व यस्ता वस्तुमा भारतमा लाग्ने जीएसटीबराबर भए अवैध कारोबार रोकिने दाबी अध्यक्ष अग्रवालले गरे । ‘अवैध आयातको पनि खर्च छ । यस्तो रकम १० देखि १५ प्रतिशतसम्म हुन्छ । वैध आयातमा जीएसटी लाग्दैन । भन्सारमा लिइने कुल राजस्व जीएसटीभन्दा बढी नहुने हो भने अवैध आयातले फाइदा नहुने स्थिति बन्छ,’ उनको भनाइ छ, ‘यो उपायमा जाने हो भने अहिले भन्सार छलेर भित्रिने सबै सामान भन्सारबाटै आउँछन् । राजस्व बढ्छ ।’

केराउ, सुपारी र मरिचको आयात खुला

विगतमा तस्करी भएर आएको आशंकाका कारण बन्द गरिएको केराउ, सुपारी र कालो मरिच सरकारले आयात खुला गरेको छ । तेस्रो मुलुकबाट सुपारी, केराउ र कालो मरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको तथा तस्करीमा संलग्न व्यक्तिबाट राजनीतिक नेतृत्वले समेत लाभ लिने गरेको आरोपका बीच ०७६ चैत २४ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच […]

उद्योग विभागको सिफारिसमा केराउ, सुपारी, छोकडा र मरिच आयात गर्न पाइने

फागुन २६, काठमाडौं। सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ चैतदेखि प्रतिबन्धित उक्त वस्तुहरुको आयात बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै खुला गरेको बताएको छ । अब उद्योगीले औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा उक्त वस्तुहरूको आयात गर्न पाउने भएका छन् । ‘केराउ, सुपारी, छोकडा र मरिच औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने व्यवस्था गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ ।’ बिहीवार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ। यसअघि सरकारले २०७६ चैतबाट उक्त वस्तुहरूको आयातमा रोक लगाएको थियो ।

प्रक्रिया थाल्ने निकायलाई बाइपास गरेर सुपारी, केराउ र मरिचको आयात खुला

१४ फागुन, काठमाडौं । तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी हुने सुपारी, केराउ, मरिच र छोकडाको सरकारले फेरि आयात खुला गरेको छ । यसअघि सुपारीको, मात्रै आयात खुला गर्न गृहकार्य भए पनि अन्तिममा सुपारीसँगै केराउ, नधुल्याएको मरिच र छोकडाको समेत आयात खुला गरिएको हो । यसअघि २०७६ सालमा सरकारले औद्योगिक प्रयोजनका लागि आर्थिक वर्ष २०७८÷०७९ […]

मरिच र महँगा गाडी आयात खुला गर्ने निर्णय २४ घण्टाभित्रै फिर्ता

नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र ५० हजार डलरभन्दा महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने निर्णय २४ घण्टा नबित्दै फिर्ता लिएको छ । हिजो (शुक्रबार) बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यी सामान आयात बन्देज तत्काललाई हटाइएको परिपत्र जारी गरेको थियो ।केन्द्रीय बैंकले केराउको आयातमा लगाएको पूर्ण बन्देज हटाई चालु आर्थिक वर्षमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । यसैगरी सुपारी आयातमा लगाएको पूर्ण प्र

केराउ, सुपारी, छोकडा र मरिच आयात खुला: स्वीकृत कोटाको १८ गुणासम्म बढी माग

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेपछि आयात कोटाको १८ गुणासम्म बढी माग परेको छ ।

विलासी गाडीको आयात फेरि खुल्यो

काठमाण्डाै – सरकारले विलासी गाडीको आयातमा लगाएको बन्देज हटाएको छ । मङ्गलवार राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले गएको वर्षको चैत १६ गतेदेखि लगाएको बन्देज हटाउँदै ५० हजार डलरभन्दा महँगा गाडीको आयात खुला गरेको हो । गएको वर्षको चैत १६ गतेदेखि सरकारले ५० हजार डलरभन्दा महँगा गाडी आयातमा रोक लगाएको थियो । यस्तै सरकारले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लगाइएको बन्देज हटाएर कोटा निर्धारण गरेको छ । अब वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार टन...

सुपारी, केराउ, मरिच, र छोकडा आयात खुला

सरकारले केराउ, मरिच, छोकडा र सुपारी आयातमा लगाएको प्रतिवन्ध खुला गरेको छ ।एक वर्ष अघिदेखि प्रतिवन्ध लगाइएका ती वस्तुको परिमाणात्मक बन्देज कायम राख्दै आयात खुला गरिएको हो । सरकारले गत वर्ष चैत १६ गते चारै वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । ती वस्तुको आयात खुला गर्दा ठूलो रकम ठूलो विदेश जाँदा व्यापार घाटा […]

सुपारी, मरिच, केराउ र छोकडाको आयात खुला, तर परिमाणात्मक बन्देज भने लगाइयो

विराटनगर। सरकारले एक वर्षपछि केराउ, मरिच, छोकडा र सुपारीमा परिमाणात्मक बन्देज लगाउँदै आयात खुला गरेको छ। सरकारले गत वर्ष