केराउ, सुपारी, छोकडा र मरिच आयात खुला: स्वीकृत कोटाको १८ गुणासम्म बढी माग

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेपछि आयात कोटाको १८ गुणासम्म बढी माग परेको छ ।

सम्बन्धित सामग्री

उद्योग विभागको सिफारिसमा केराउ, सुपारी, छोकडा र मरिच आयात गर्न पाइने

फागुन २६, काठमाडौं। सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ चैतदेखि प्रतिबन्धित उक्त वस्तुहरुको आयात बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै खुला गरेको बताएको छ । अब उद्योगीले औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा उक्त वस्तुहरूको आयात गर्न पाउने भएका छन् । ‘केराउ, सुपारी, छोकडा र मरिच औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने व्यवस्था गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ ।’ बिहीवार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ। यसअघि सरकारले २०७६ चैतबाट उक्त वस्तुहरूको आयातमा रोक लगाएको थियो ।