मरिच र महँगा गाडी आयात खुला गर्ने निर्णय २४ घण्टाभित्रै फिर्ता

नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र ५० हजार डलरभन्दा महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने निर्णय २४ घण्टा नबित्दै फिर्ता लिएको छ । हिजो (शुक्रबार) बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यी सामान आयात बन्देज तत्काललाई हटाइएको परिपत्र जारी गरेको थियो ।केन्द्रीय बैंकले केराउको आयातमा लगाएको पूर्ण बन्देज हटाई चालु आर्थिक वर्षमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । यसैगरी सुपारी आयातमा लगाएको पूर्ण प्र