भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको अभिव्यक्तिबाट पाकिस्तान आक्रोशित बनेको छ ।
पाकिस्तानको आलोचना गर्दै रक्षामन्त्री सिंहले छिमेकी देश नसुध्रिए कडा जवाफ दिने अभिव्यक्ति दिएका थिए ।
सीमा विवादका सन्दर्भमा सिंहले पाकिस्तानभित्रै घुसेर आक्रमण गर्ने धम्की समेत दिएका थिए । पाकिस्तानले यसको जवाफ फर्काउँदै पाकिस्तान आफ्नो सुरक्षाका लागि सक्षम रहेको जनाएको छ ।
पाकिस्तानले भारतलाई भनेको छ, ‘भारतीय मन्त्रीहरू जिम्मेवार बनून्, शान्ति कायम राख्न सहयोग गरून् ।’
पाकिस्तानले भारतीय मन्त्री सिंहले टिप्पणी पूरै भ्रामक रहे...