नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनता आक्रोशित हुन थालेको भन्दै नेताहरु गलत भए सच्चिन तयार हुनुपर्ने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले हल्लाउन खोजे त्यसका विरुद्ध सिंगो देश एकजुट भएर रक्षा गर्नुपर्ने बताए ।