भारतले कश्मीरका विषयमा नयाँ योजना ल्याएपछि पाकिस्तान आक्रोशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक गरेर कश्मीरको विकासको रोडम्याप बनाउने तयारी गरेपछि पाकिस्तान आक्रोशित बनेको छ ।  यससँगै जम्मु कश्मीरमा आतंकवादी आक्रमणहरू बढेका छन् । सीआईडी इन्स्पेक्टर दारको हत्या, सीआरपीएफको जत्थामा गोलीकाण्ड, जम्मुको वायुसेनाको एयरफील्डमा ड्रोन आक्रमण र अवन्तीपुरामा पूर्व एसपीओको हत्या सबै त्यसका परिणाम हुन् ।  भारतका रक्षामन्त्री राजनाथ सिंह लद्दाखको भ्रमणमा छन् । उनले पाकिस्तानको नाम नलिइकनै कडा सन्देश दिएका छन् ।  उनले भने, ‘भारत शान्तिको पुजारी हो तर शस्त्र धारण...

सम्बन्धित सामग्री

पुँजी वृद्धिको योजना बुझाउन पत्राचार

काठमाडौं- नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी वृद्धिको योजना माग गरेको छ । चुक्ता पुँजी बढाउनका लागि ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो । आइतबार यी दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा योजना माग गरिएको प्राधिकरणको उच्च स्रोतले बतायो । ‘प्रभु र […]

योजना आयोगसँग १६औं पञ्चवर्षीय योजनाबारे आइएमएफको चासो

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ।आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज (सोमबार) सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो।भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक योजना तर्जुमाका विषयमा चासो राखेको थियो।१६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा य

भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने विषयमा छलफल

भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ ।

‘चार नयाँ नगरको विकास योजना छिट्टै स्वीकृत हुन्छ’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने समेत बताइन् । मन्त्री झाँक्रीले भनिन्, “नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।”भक्तपुरमा बसेको भौतिक विकास […]

आर्थिक लेनदेनको विषयमा विवाद भएपछि पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले–भगवती कालोपत्र सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि एक सातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण

शिक्षामा बजेट बढाउने विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गरेका हुन् ।छलफलका क्रममा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट […]

लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुँदै, दुई विषयमा छलफल गरिने

काठमाडौं। लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८-८२) भदौ २३ गते सार्वजनिक गरिने भएको छ। ०६८ सालमा स्थापना भएको लगानी बोर्डले 'लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी' को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो।  प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने छन्। दशौं वार्षिकोत्सव उद्घाटन स...

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । यो चरणको अध्ययनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरस आएको हुन सक्ने विषयमा पनि अध्ययन गर्ने योजना तय गरिएको थियो । डब्ल्यूएचओले यसै महिना चीनका प्रयोगशालाहरुको विवरण र वुहान सहरको अध्ययनको योजना प्रस्तुत […]

लघुबीमा कम्पनीको विषयमा अध्ययन गर्दै बीमा समिति

काठमाडौं, बैशाख २४ । बीमा समितिले लघुबीमा कम्पनी खोल्न दिने तयारी थालेको छ । लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गरेपछि त्यस्तो कम्पनी स्थापना गर्न दिने समितिको योजना छ । बीमा समितिका एक उच्च अधिकारीले लघुबीमा कम्पनी स्थापना गर्ने दिने विषयमा अध्ययन गर्ने तयारी गरिएको बताए । ‘अहिले बीमा बजारमा ठूला कम्पनी मात्रा सञ्चालनमा छन् । […]