धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्।सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापासहित थप २० जना जनप्रतिनिधिले निर्वाचन कार्यालय पुगेर समाजवादी रोजेका हुन्। योसँगै एमाले छाडेर जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ५२ पुगेको छ।आज उपमेयर थापासहित वडाध्यक्ष टेकबहादुर बुढा, धनबहादुर बम, कार्यपालिका सदस्य रति कामी र वडासदस्य लक्ष्मीरुद्र न्यौपानेले सनाखत गरेका छन्। यस्तै लम्कीचुहा नगरपालिकाबाट वडाध