अङ्कारा– टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म […]