मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आइतबार बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आइतबार बिहानै मनकामना पुग्ने गरी गएराति करिब ११ बजे ना ६ ख ७५८० नम्बरको बस गुडेको थियो । सो बस करिब बिहान ३ बजे मथारमा एक्कासी दुर्घटना हुँदा पाँच यात्रुको घटनास्थलमा नै मृत्यु भयो । मृतक पाँचमध्ये एकै गाउँका चार परेका छन् भने एकै परिवारका तीन जना छन् । मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना हुँदा