काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ को प्रतिनिधिसभा बैठक सार्न प्रस्ताव गरेका छन्। शनिबार भएको भेटमा प्रचण्ड-माधवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहअनुसार बैठक सार्न सुझाव दिएको माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्। उनले फेसबुकमा लेखेकी छन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्षस्थ नेताबीच भएको भेटवार्ताका क्