जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न देखायो चासो
३१ भदौ, काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ ।
नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको …
काठमाडौं। गत पुस महीनामा नेपालमा १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महीनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा पुसमा उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो । उद्योग विभागले हालै सार्वजनिक गरेको विदेशी लगानी स्वीकृत र परियोजना दर्तासम्बन्धी तथ्यांकअनुसार पुसमा मात्रै २७ ओटा परियोजना दर्ता भएका छन् । यद्यपि यो लगानी प्रतिबद्धता भने मङ्सिरको भन्दा कम हो । तर परियोजना संख्या पुसमा बढी छन् । मङ्सिरमा २१ ओटा परियोजना दर्ता हुँदा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।
विभागका अनुसार चालू आवको ६ महीनामा २२६ ओटा परियोजना दर्ता भएका छन् । पुसमा साना क्षमताका परियोजना बढी दर्ता भएका छन् । गत महीना साना क्षमताका परियोजना २२ र मझौला परियोजना पाँचओटा दर्ता भएका छन् । विभागका अनुसार चालू आवको ६ महीनामा २११ साना, १२ मझौला र तीन ठूला क्षमताका परियोजना दर्ता भएका छन् । नेपालमा उद्योग विभागमार्फत उत्पादनमूलक, ऊर्जा, कृषि तथा वनजन्य, खनिज, सेवा, निर्माण र सूचना तथा प्रविधि क्षेत्रमा विदेशी लगानी भित्त्याउन सकिन्छ । पुसमा दर्ता भएका परियोजनामध्ये धेरै सेवामूलक क्षेत्रमा छन् । त्यसपछि पर्यटनमूलक र उत्पादनमूलक रहेका छन् ।
६ महीनामा २११ साना, १२ मझौला र तीन ठूला क्षमताका परियोजना दर्ता भएका छन् ।
विभागका अनुसार पुसमा ऊर्जा क्षेत्रमा कुनै पनि लगानीको प्रतिबद्धता प्राप्त भएको छैन । ऊर्जाबाहेकका अन्य क्षेत्रमा भने कम भए पनि लगानी प्रतिबद्धता आएको छ । पुससम्ममा विदेशी लगानी प्रतिबद्धता आएकोमध्ये सबैभन्दा धेरै पर्यटनमा छ । यो क्षेत्रमा १०३ ओटा परियोजना दर्ता भएका छन् । त्यसपछि सेवा क्षेत्रमा ८३ ओटा परियोजना दर्ता भएका छन् भने खनिज क्षेत्रमा सबैभन्दा कम दर्ता भएको देखिन्छ । खनिज क्षेत्रमा दुईओटा परियोजना दर्ता भएका हुन् ।
नेपालमा आउने लगानी प्रतिबद्धता पर्यटन तथा सेवामूलक क्षेत्रमा बढी छ । नेपालले विभिन्न क्षेत्रहरू विदेशी लगानीका लागि खुला गरे पनि पछिल्ला केही वर्षदेखि लगानीकर्ताको आकर्षणमा सेवामूलक र पर्यटन क्षेत्र पर्दै आएका छन् । यस्तै सूचना प्रविधिमा पनि अहिले लगानीकर्ताको प्रतिबद्धता बढ्न थालेको छ । विभागको तथ्यांकअनुसार पुससम्ममा प्राप्त भएको लगानी प्रतिबद्धतामध्ये ३ प्रतिशत सूचना प्रविधिमा देखिएको छ ।
काठमाडौं। चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा विदेशी लगानीकर्ताले नेपालमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चालू आव २०८०/८१ को साउन र भदौमा विदेशी लगानीकर्ताका १११ ओटा योजना स्वीकृत हुँदा नेपालमा उक्त लगानीको प्रतिबद्धता आएको हो ।
उद्योग विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता साउन महीनामा आएको छ । विभागले दुई महीनामा स्वीकृत गरेका योजनाको संख्यामा धेरै फरक नदेखिए पनि लगानी रकममा भने ठूलै अन्तर देखिन्छ । साउन महीनामा कुल ६० ओटा योजना स्वीकृत हुँदा कुल ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।
भदौ महीनामा योजना संख्या ५१ ओटा भए पनि लगानी प्रतिबद्धता भने २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको मात्र आएको छ । नेपालमा आउने विदेशी लगानीकर्ताले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवा, पूर्वाधार र सूचना तथा प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न पाउँछन् । आठओटा क्षेत्रमा लगानी गर्न पाइने भए पनि लगानीकर्ताको रोजाइको मुख्य क्षेत्र भने सेवामूलक रहेको छ ।
विगतका वर्षमा जस्तै चालू आवको २ महीनाको प्रवृत्ति हेर्दा लगानीकर्ता सेवामूलक र पर्यटन क्षेत्रमै लगानी गर्न इच्छुक देखिएका छन्, जसले गर्दा साना, मझौला र ठूला उद्योगको वर्गीकरणमध्ये साना उद्योगमा संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ । पहिलो दुई महीनामा स्वीकृत भएका योजनामध्ये पर्यटनमा ५३ र सेवामा ४४ ओटा छन् । यसबाहेक उत्पादनमूलक उद्योगमा ९, पूर्वाधार तथा सूचना प्रविधिमा दुई/दुई र कृषिमा एउटा मात्र योजना स्वीकृत भएको छ । विभागका अनुसार यी योजना सञ्चालनमा आउँदा मुलुकमा ५ हजार ५०२ रोजगारी सृजना हुनेछ ।
झापा । देशलाई समृद्ध बनाउने मुद्दा बारम्बार उठे पनि कुन मोडलबाट समृद्धि हासिल हुन्छ भन्ने नै अन्योल रहेको सरोकारवालाहरुले बताएका छन् । बाह्रखरी मिडियाले एनसेल बाह्रखरी गल्फअन्तर्गत झापाको विर्तामोडमा गरेको राउन्ड टेबलमा सहभागीले समृद्धि हासिल गर्न स्पष्ट मोडल नै देशले अंगीकार नगरेको बताए ।
उनीहरुले कृषि, जलस्रोत, खनिज, पर्यटनमा आधारित उद्योग...