५ वर्षमा नेपालको सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि :  तर यी दुई कारण जसले ऋण बढेपनि जोखिम बढेन

काठमाडौं । नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋणको जोखिम न्यून रहेको विश्व बैंकले ठहर गरेको छ । नेपाल डेभलपमेन्ट अपडेट बिहीवार सार्वजनिक गर्दै विश्व बैंकले नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा उल्लेख्य बढेको तर ऋणको जोखिम नरहेको स्पष्ट पारेको हो ।  कोरोना महामारीका कारण सार्वजनिक ऋण संसारभर वृद्धि भएको थियो । सार्वजनिक ऋणको दबाब बढ्दै गएर अर्थतन्त्र असन्तुलित हुने हो कि भन्ने प्रश्न उठिरहेका बेला विश्व बैंकले नेपालको सार्वजनिक ऋण जोखिमपूर्ण नरहेको स्पष्ट पारेको छ । नेपालको सार्वजनिक ऋणमा ५४ प्रतिशत विदेशी ऋण छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत मात्र ऋण छ ।  विश्व बैंकका अनुसार नेपालको सार्वजनिक ऋण जोखिमपूर्ण नहुनुका दुई कारण छन् । पहिलो, नेपालले हालसम्म लिएका अधिकांश ऋण सहुलियतपूर्ण छन् । दोस्रो, यस्तो ऋणको ब्याजदर सस्तो छ । औसत म्याचुरिटी समय १४ वर्ष र ब्याजदर १ प्रतिशत भएकाले यस्तो ऋण जोखिमपूर्ण नहुने विश्व बैंकको ठहर छ । विश्व बैंकको प्रतिवेदनमा सरकारको खर्चले जीडीपीमा १२ दशमलव ५ प्रतिशत प्रभाव पार्ने उल्लेख छ । सरकारले सन् २०१८ मा सबैभन्दा धेरै खर्च गरेको थियो । यो वर्ष जीडीपीको तुलनामा १२ दशमलव ५ प्रतिशतभन्दा धेरै खर्च गरेको थियो । तर, पछिल्लो समय घट्दो विकास खर्च र बढ्दो चालू खर्चले समस्या बढाएको विश्व बैंकको बुझाइ छ । यस्तै, पछिल्लो ७ वर्षमा राजस्वले समेत फड्को मार्न सकेको छैन । चालू वर्षको ६ महीनामा जीडीपीको साढे १२ प्रतिशत राजस्व संकलन भएको छ । खर्च गर्ने क्षमता घट्दा सन् २०१८ भन्दा पछिल्ला सालमा सरकारको ढुकुटी नाफामा छ । चालू वर्ष पछिल्ला ६ आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै ढुकुटी नाफामा रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, कुल राष्ट्रिय ऋण जीडीपीको तुलनामा ४२ प्रतिशत पुगेको छ । तीनै तहको खर्च गर्ने क्षमतामा कमी देखिएको छ । समीक्षा अवधिमा केन्द्र सरकारको कुल खर्च ३३ प्रतिशत छ । प्रदेश सरकारको १५ र स्थानीय तहको २४ प्रतिशतमात्रै रहेको देखिन्छ । बढ्दो आयात तथा न्यून विप्रेषणका कारण बढ्दै गएको बाह्य क्षेत्रको असन्तुलनबीच नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३ दशमलव ७ प्रतिशत कायम हुने विश्व बैंकको प्रक्षेपण छ । बृहत् खोपका कारण कोरोना महामारीको त्रास न्यून हुँदै गएकाले अर्थतन्त्र विस्तारको चरणमा प्रवेश गर्ने र आगामी ३ वर्षसम्म यस्तो वृद्धिदर कायम रहने बैंकको अनुमान छ ।  यद्यपि, पछिल्लो समय युक्रेनमा रूसले आक्रमण गरेपछिको अन्तरराष्ट्रिय मूल्यवृद्धिले अर्थतन्त्रको विस्तार केही प्रभावित हुनेछ । विश्व बैंकका अनुसार यो वर्ष पहिलेको वृद्धिदर प्रक्षेपणमा शून्य दशमलव २ प्रतिशत बिन्दु तथा आगामी वर्ष शून्य दशमलव ६ प्रतिशत बिन्दुले गिरावट आउनेछ ।  यस्तै, यो वर्षको चालू खाता घाटा अझै विस्तार हुनसक्ने बैंकले प्रक्षेपण गरेको छ । तर, आगामी वर्षसम्म यस्तो घाटा केही न्यूनीकरण हुने आधार प्रस्तुत गर्दै विश्व बैंकले भनेको छ, ‘४ हजार मेगावाट बिजुली उत्पादनको चरणमा रहेको र यो प्रणालीमा आएपछि खनिज इन्धनको घरायसी प्रयोगलाई बिजुलीले प्रतिस्थापन गर्नेछ । यसो हुँदा इन्धनको आयात न्यून हुन गई चालू खाता घट्न जानेछ ।’ विप्रेषणमा ठूलो वृद्धि नदेखिए पनि स्थिर हुने, पर्यटनमा सुधार तथा निर्यात पनि निरन्तर हुँदा चालू खाता घाटामा सुधार हुने विश्व बैंकको विश्वास छ ।

सम्बन्धित सामग्री

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

पूर्णभक्त दुवालकाठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । […] The post घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्रीन भेन्चर्सको नाफामा उल्लेख्य वृद्धि, यस्तो छ  नाफा बढ्नुको कारण

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३० करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ३४९ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १०१ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ६० करोड ६५ लाखभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब २१ करोड ९८ लाखभन्दा बढीको विद्युत विक्री गरेको हो । वित्तीय आम्दानी पनि यस वर्ष उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष रू. ३ लाखभन्दा बढी मात्र रहेको वित्तीय आम्दानी यस वर्ष रू. १ करोड ३६ लाखभन्दा बढी भएको हो । वित्तीय खर्च भने गत वर्षभन्दा यस वर्ष ६६ प्रतिशतभन्दा बढी रू. ४७ करोड ६४ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १२ करोड ५० लाख रहेको छ । गत वर्ष रू. १३ करोड ६२ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष रू. २० करोड ८० लाखभन्दा बढी कायम भएको छ । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ६६ रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ७४ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।...

विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि

काठमाण्डौ – प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि यस कुराको पुष्टि गर्छ । कोभिड महामारी अगाडि सामान्य रुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवम् कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्त...

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, साउन ३ । पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् […]

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, २ साउन (कास): पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः

भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गईरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संक्रमण दर दैनिक ४० प्रतिशतले बृद्धि हुँदै गइरहेको छ । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने नयाँ दिल्लीमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमण नियन्त्रणमा लापरवाही गरिएका कारण संक्रमण दर बढेको भन्दै भारत […]

बढ्दै कोरोना सङ्क्रमण, डब्लूएचओले भन्यो – महामारीको अन्त्य अझै टाढा

थुप्रै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलोपटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिंगापुर र दक्षिण कोरिया लगायतका देशहरुको सङ्क्रमण बढेको ब

विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि

काठमाडौँ । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिँड्नुपर्ने झन्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्युआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभए पनि […]

बढ्यो इन्टरनेट खपत, ब्यान्डविथ केमा कति खपत ?

कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्याण्डविथ गत वर्षको तुलनामा दोब्बर पुगेको कान्तिपुर दैनिकमा खबर छ । गत वर्ष चैत ११ मा लकडाउन गर्नुअघि नेपालभित्रने ब्याण्डविथको परिमाण ३३४ जीबी प्रतिसेकेण्ड रहेकामा अहिले यसको खपत ७७७ जीवी प्रतिसेकेण्ड पुगेको छ । ब्यान्डविथ केमा कति खपत ?