पुसमा रू. १ अर्ब ७२ करोडको लगानी प्रतिबद्धता

काठमाडौं। गत पुस महीनामा नेपालमा १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महीनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा पुसमा उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो । उद्योग विभागले हालै सार्वजनिक गरेको विदेशी लगानी स्वीकृत र परियोजना दर्तासम्बन्धी तथ्यांकअनुसार पुसमा मात्रै २७ ओटा परियोजना दर्ता भएका छन् । यद्यपि यो लगानी प्रतिबद्धता भने मङ्सिरको भन्दा कम हो । तर परियोजना संख्या पुसमा बढी छन् । मङ्सिरमा २१ ओटा परियोजना दर्ता हुँदा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।  विभागका अनुसार चालू आवको ६ महीनामा २२६ ओटा परियोजना दर्ता भएका छन् । पुसमा साना क्षमताका परियोजना बढी दर्ता भएका छन् । गत महीना साना क्षमताका परियोजना २२ र मझौला परियोजना पाँचओटा दर्ता भएका छन् । विभागका अनुसार चालू आवको ६ महीनामा २११ साना, १२ मझौला र तीन ठूला क्षमताका परियोजना दर्ता भएका छन् । नेपालमा उद्योग विभागमार्फत उत्पादनमूलक, ऊर्जा, कृषि तथा वनजन्य, खनिज, सेवा, निर्माण र सूचना तथा प्रविधि क्षेत्रमा विदेशी लगानी भित्त्याउन सकिन्छ । पुसमा दर्ता भएका परियोजनामध्ये धेरै सेवामूलक क्षेत्रमा छन् । त्यसपछि पर्यटनमूलक र उत्पादनमूलक रहेका छन् ।  ६ महीनामा २११ साना, १२ मझौला र तीन ठूला क्षमताका परियोजना दर्ता भएका छन् ।  विभागका अनुसार पुसमा ऊर्जा क्षेत्रमा कुनै पनि लगानीको प्रतिबद्धता प्राप्त भएको छैन । ऊर्जाबाहेकका अन्य क्षेत्रमा भने कम भए पनि लगानी प्रतिबद्धता आएको छ । पुससम्ममा विदेशी लगानी प्रतिबद्धता आएकोमध्ये सबैभन्दा धेरै पर्यटनमा छ । यो क्षेत्रमा १०३ ओटा परियोजना दर्ता भएका छन् । त्यसपछि सेवा क्षेत्रमा ८३ ओटा परियोजना दर्ता भएका छन् भने खनिज क्षेत्रमा सबैभन्दा कम दर्ता भएको देखिन्छ । खनिज क्षेत्रमा दुईओटा परियोजना दर्ता भएका हुन् ।  नेपालमा आउने लगानी प्रतिबद्धता पर्यटन तथा सेवामूलक क्षेत्रमा बढी छ । नेपालले विभिन्न क्षेत्रहरू विदेशी लगानीका लागि खुला गरे पनि पछिल्ला केही वर्षदेखि लगानीकर्ताको आकर्षणमा सेवामूलक र पर्यटन क्षेत्र पर्दै आएका छन् । यस्तै सूचना प्रविधिमा पनि अहिले लगानीकर्ताको प्रतिबद्धता बढ्न थालेको छ । विभागको तथ्यांकअनुसार पुससम्ममा प्राप्त भएको लगानी प्रतिबद्धतामध्ये ३ प्रतिशत सूचना प्रविधिमा देखिएको छ ।

सम्बन्धित सामग्री

लगानी प्रतिबद्धता : विदेशी उत्साहित, स्वदेशी निराश

१३ साउन, काठमाडौं । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०/८१) मा कुल २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ बराबरको कुल (स्वदेशी÷विदेशी) लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा घटेको अवस्था …

पुसमा मात्रै पाैने दुई अर्ब विदेशी लगानी प्रतिबद्धता

उद्याेग विभागका अनुसार पुस महिनामा मात्रै १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार  २७ वटा नयाँ उद्योगमा उक्त लगानी प्रतिबद्धता आएकाे हाे ।

पुसमा मात्रै पाैने दुई अर्ब विदेशी लगानी प्रतिबद्धता

उद्याेग विभागका अनुसार पुस महिनामा मात्रै १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार  २७ वटा नयाँ उद्योगमा उक्त लगानी प्रतिबद्धता आएकाे हाे ।

रू. २० अर्ब ६१ करोड विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ५ महीनामा विदेशी व्यवसायीले नेपालमा २० अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्सिरमा मात्रै २१ ओटा परियोजनाका लागि २ अर्ब २५ करोड रुपैयाँ प्रतिबद्धता आएको छ ।  साउनदेखि मङ्सिरसम्ममा प्रस्तावित १९९ परियोजनाका लागि विदेशी लगानीकर्ताबाट प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्यांकअनुसार मङ्सिरमा प्राप्त लगानी प्रतिबद्धतामध्ये अधिकांश साना उद्योगका लागि छ । साना १९ र मझौला दुई उद्योगका लागि प्रतिबद्धता आएको छ । मङ्सिरमा ठूलो स्केलका उद्योगमा प्रतिबद्धता आएको छैन ।  विभागका अनुसार चालू आवमा तीनओटा ठूला परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ । मझौला ७ र साना स्केलका १८९ उद्योग/परियोजनाको लागि प्रतिबद्धता आएको छ । मङ्सिरमा पर्यटन, सेवा र उत्पादनमूलक उद्योगको लागि मात्रै प्रतिबद्धता आएको छ । विदेशी लगानीका लागि वर्गीकृत कृषि, ऊर्जा, खनिज, निर्माण र सूचना तथा प्रविधि क्षेत्रमा मङ्सिरमा लगानी प्रतिबद्धता नै आएको छैन ।  चालू आवको ५ महीनासम्ममा पर्यटन, सेवा र उत्पादनमूलक क्षेत्रमै विदेशी लगानीकर्ताको रुचि देखिएको छ । विदेशी लगानीकर्ताले सधैंझैं पर्यटन क्षेत्र नै रोजेका छन् । यो अवधिमा पर्यटन क्षेत्रमा ९५ ओटा परियोजनाका लागि लगानी प्रस्ताव आएको छ ।  दोस्रोमा विगतमा जस्तै सेवामूलक क्षेत्र परेको छ । सेवामूलक ७४ र उत्पादनमूलक १० उद्योगको लागि प्रतिबद्धता आएको छ । यस अवधिमा ऊर्जामा लगानी प्रतिबद्धता आएको छैन । कृषि, खनिज, निर्माण, सूचना प्रविधिमा कम प्रतिबद्धता आएको छ । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा चालू वर्षका ५ महीनामा लगानी प्रतिबद्धता क्रमश: बढेको देखिएको छ । गत कात्तिकमा २७ परियोजनाका लागि १ अर्ब ७५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । कात्तिकको तुलनामा मङ्सिरमा परियोजना संख्या कम भए पनि प्रतिबद्धता रकम बढी छ । सरकारले ठूलो लगानी ल्याउने भने पनि उद्योग विभागमा दर्ता र आएको प्रस्ताव हेर्दा अझै पनि साना उद्योगमा लगानी गर्न विदेशी व्यवसायी बढी इच्छुक रहेको देखिएको छ । खासगरी उनीहरू पर्यटन र सेवामूलक क्षेत्रमा इच्छुक छन् ।

कात्तिकमा २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको कात्तिकमा नयाँ र पुराना उद्याेगमा गरी कुल २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकाे छ । उद्याेग  विभागका अनुसार २७ वटा नयाँ उद्योगमा १ अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो ।

१६ अर्ब ६० करोड लगानी प्रतिबद्धता

चालु वर्षको असोजमा मात्रै ४० नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार विदेशी लगानी प्रतिबद्धता आएको छ । असोजमै पुराना उद्योग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ४६ करोड ८८ लाख प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ ।

विदेशी लगानी प्रतिबद्धता ३८ अर्ब, भित्रियो ७ अर्ब

गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ ।

विदेशी लगानी प्रतिबद्धता ३८ अर्ब, भित्रियो साढे ६ अर्ब

गत आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा नेपालमा खुद ४ अर्ब ६४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । यस अवधिमा कुल ६ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ देखिएको छ ।

वैशाखमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको वैशाखमा मात्रै १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागका अनुसार २८ वटा उद्योगमा उक्त विदेशी लगानीको प्रस्ताव स्विकृत भएको हो ।

ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो

काठमाडौं । आर्थिक विकासको मुख्य आधार मानिएको ऊर्जाक्षेत्रमा केही वर्षयता वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ पछि ऊर्र्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो । आव २०७४/७५ मा ऊर्र्जाक्षेत्रमा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसपछिको आव २०७५/७६ मा ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता आएन ।  त्यस वर्ष ऊर्जाक्षेत्रमा किन वैदेशिक लगानी प्रतिबद्धता आएन भन्नेबारे यकिन भने भएको छैन । विभागका महानिर्देशक रामचन्द्र तिवारी यसबारे कुनै कारण खोजी नगरिएको बताउँछन् । ‘ऊर्जाको हकमा परियोजना सर्वे तथा छनोट गर्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि ढिला हुन सक्छ । ठूला आयोजना लगानी बोर्डअन्तर्गत आउनुपर्छ । त्यसैले कुनैकुनै वर्ष ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता नआएको हुन सक्छ,’ उनले भने । ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराजा अधिकारीले पनि यसको कारणबारे अध्ययन नभएको बताए । विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा रू. ४ अर्ब ९७ करोड, आव २०७७/७८ मा रू. १ अर्ब ५४ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालू आवको फागुन १५ गतेसम्म ऊर्र्जाक्षेत्रमा ५ करोड ६२ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । ऊर्र्जाक्षेत्रभित्र पनि जलविद्युत्मा अझै कम प्रतिबद्धता देखिएको छ । चालू आवमा जलविद्युत्मा वैदेशिक लगानी प्रतिबद्धता कत्ति पनि नआएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा एउटा सोलार प्लान्टमा मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागअन्तर्गतको आयोजनाको हकमा यस्तो अवस्था देखिएको हो । ठूला आयोजनामा आउने लगानी लगानी बोर्ड नेपालमार्फत आउने गर्छ । पछिल्लोपटक ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनामा लगानी बोर्डको स्वीकृतिमा विदेशी लगानी ल्याइएको थियो । यस्तै, माथिल्लो कर्णाली, तमोर स्टोरेज,  माथिल्लो मस्र्याङदी–२ आयोजनामा विदेशी लगानी ल्याउन बोर्डमार्फत प्रक्रिया अगाडि बढाइएको छ । नेपालको अपेक्षाअनुरूप विदेशी लगानी प्रतिबद्धता नआउँदा चिन्तित हुनुपर्ने अवस्था आएको ऊर्र्जा व्यवसायी बताउँछन् । स्वतन्त्र ऊर्र्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्र्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै जानु दुःखद भएको बताए । यही अवस्था जारी रहे ऊर्र्जाक्षेत्रको विकासमा चुनौती हुने उनको भनाइ छ । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘विदेशी लगानीकर्ताले हेर्ने भनेको २ कुरा हो । एक लगानी प्रतिफलको ग्यारेन्टी र अर्काे लगानीमैत्री वातावरण,’ उनले भने, ‘नेपालमा लगानी प्रतिफलको ग्यारेन्टी छ । तर, लगानीमैत्री वातावरण छैन । त्यसकारण पनि बैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो ।’ कोरोना महामारीमा पनि वैदेशिक लगानी प्रतिबद्धतामा केही असर पुगेको उनको भनाइ छ । ‘पछिल्लोपटक त कोरोना महामारीका कारण पनि बैदेशिक लगानी प्रतिवद्धता घटेको हो । तर, यसलाई त्यसरी मात्र हेर्नु हुँदैन,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनेको छैन ।’ उनले अझै पनि  थुप्रै निकाय धाएर मात्र आयोजना बन्न सक्ने झन्झटिलो प्रक्रिया रहेकाले लगानीकर्ता उत्साही नभएको बताए । ‘त्यसमाथि पछिल्लो २ वर्षयता पीपीएको काम नै रोकिएको छ,’ उनले भने ।  विदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सरकारको नीति सहजीकरण गरिदिनेभन्दा पनि नियन्त्रण गर्नेतर्फ छ,’ उनले भने, ‘अब यस्तो अवस्था रहनु हुँदैन ।’