काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फाराम भर्नका लागि आएको समस्या हटेसँगै आवेदकले आजदेखि फेरि आवेदन दिन सक्ने भएका छन्। धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टम बिग्रिँदा फारम भर्न रोकिएको थियो। समस्या समाधान भएकाले आजदेखि फेरि फारम भर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। हिजो एकैदिन ८-१० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरे। सोमवारदेखि खुलेको