एक्सेल बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि सन्देशमूलक ट्राफिक पोल हस्तान्तरण गरेको छ। ...

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालयलाई एक्सेल डेभलपमेन्टको सहयोग

काठमाडौं। दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा भित्रका सडकमा संकेत तथा सन्देशमूलक बोर्ड र ८ थान ट्राफिक पोल हस्तान्तरण गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रहरी निरीक्षक न्यौपानेले बैंकले प्रदान गरेको ट्राफिक पोलले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्‍याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने बताए ।